गाउँपालिकाले अनाथ बालबालिका पढाउने

0
41

सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने र एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको छ ।
गाउँपालिका भित्र रहेका अनाथ बालबालिकालाई पढाई खर्च स्वरुप प्रति महिना रु एक हजार ५०० प्रदान गर्ने गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकाको सो निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले जानकारीभयो । उहाँले भन्नुभयो “गाउँपालिकामा भएका अनाथ बालबालिकाको तथ्याङ्क सङ्कलन हुँुदैछ, सबैलाई गाउँपालिकाले पढाउने निर्णय गरेका छौँ ।” यो सहयोगले आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाले राहत पाउने उहाँको दाबी छ ।
गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । ६० वर्ष उमेर पुगेका गैरदलित र ५० वर्ष उमेर पुगेका दलित एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरुप प्रतिमहिना रु ५०० गाउँपालिकाले दिने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here