नेपालमै भित्रियो प्रति केजि ६ लाख पर्ने ट्रोफल : दिन थाल्यो फल ! के हो ट्रोफल ?

0
395

काठमाडौ । युरोपियन देशहरुमा खेती गरिदै आएको ट्रोफल नेपालमा भित्रिएको छ । यो एउटा रुख हो । यसको हाँगामा फल फल्दछ भने जमिन मुनी जरामा ढुंसी फल लाग्छ । यही जमिनमुनी लागेको ढुंसी फल नै ट्रोफल हो । यसलाई सञ्जीवनी बुटी पनि मानिन्छ । युरोप तथा अमेरिकामा १ केजीको ५ लाखसम्म पर्छ । यसको खेती चिसोहावापानी मा गर्न सकिन्छ । नेपालमा यसको खेती भने अनुसन्धानमै रहेको छ । यो विरुवालाई नेपाल भित्राउने काम भने त्रिभुवन विश्वविद्यालय र जनकम्युनको सहकार्यमा नेपाल भित्रीएको हो । आज भन्दा ६ वर्ष अघि नेपाल भित्रिएको यस विरुवाले अहिले फल दिन थालेको छ । यसको खेती नेपालको पहाडी भु भागमा गर्न सकिन्छ । तथापी जव यस विरुवाको उत्पादन आउछ र बजार पाउँछ अनि भने बल्ल नेपालमा खेती सम्भाब्यता बारे प्रमाणित हुन्छ ।

अहिले भने यसको ब्यावसायिक खेती भने नेपालमा कहि कतै भएको पाइदैन केवल २०० बोट बाहेक यसको खेती नेपालको पहाडी भुभागमा गर्न सके र यसको उत्पादन लिन सके नेपालीको भविश्य साच्चै नै उच्च राख्दछ । नेपाली पाखाहरु धेरै खाली तथा वाझा छन विश्वमा अत्यन्त महगां तथा महत्वपूर्ण बनस्पति हरु छन यीनको पहिचान र खेती गर्न सके नेपाल र नेपालीको भविश्व उज्वल देखिन्छ ।

लायत, फ्रान्स र स्पेनमा हुने बहुमूल्य ट्रोफल खेती रोल्पा जिल्लाको थवाङमा भइरहेको छ । ट्रोफल रूख भइकन पनि जमीनमुनि जरामा वास्नादार ढुंसी फल लाग्छ, जसलाई सञ्जीवनी बुटी मानिन्छ। यूरोप–अमेरिकामा एक किलो ट्रोफललाई रु ६ लाखसम्म पर्छ। त्रिभुवन विश्वविद्यालय र अजम्बरी जनकम्युनको सहकार्यमा ६ वर्ष अघि नेपाल भित्रिएको ट्रोफल थवाङमा राम्ररी हुर्किरहेको छ। रोपिएका ३०० बिरुवामध्ये २०० बोट फल्न थालेका छन्।

राजकुमार रोका मगर

शुरूदेखि नै ट्रोफल वगानको रेखदेख गरिरहेका राजकुमार रोका मगर (५९) ले अहिलेसम्मको अवस्थाले ट्रोफलको लागि रोल्पा उपयुक्त देखिएको बताए। “यहाँ सफल भयो भने चुनढुंगा भएका नेपालभरका पहाडमा यो हुन्छ भनेर बुझनुहोस्”, उनले भने। लगनशील, आशावादी र हँसमुख उनीसँगको भेटले थवाङसम्मको कठिन यात्रालाई रोचक बनाइदिन्छ। सदरमुकाम लिवाङबाट बर्खेझ्रीमा धवाङ, लाटावाङ, टुटु, मिरुलहुँदै दुई दिनमा थवाङ पुग्दासम्म कम्तीमा एक किलो जुकाले टोक्यो होला, तर राजकुमारले ठूलो आशा, धैर्य र विश्वासका साथ स्याहारिरहेको काम हेर्दा र कुरा सुन्दा यात्राको सारा कष्ट हरायो।

काठमाडौंका नीतिनिर्माता ग्रामीण क्षेत्रमा अहोरात्र खट्ने यस्ता ट्रोफलु हरूको कुरा सुन्नुपर्दा र्झ्कोफर्को गर्छन्। गत वर्ष उनीहरूको कुरा सुनाउन जाँदा यो पंक्तिकारले राष्ट्रिय योजना आयोगमा अपमानित–लज्जित हुनुपर्‍यो। हाम्रा नीतिनिर्माताको चाख ठूल्ठूला कुरामा छ, साना कृषक, कृषि उद्यमी तथा इन्नोभेटरहरूको मनोबल बढाउनेमा छैन। नत्र, कृषिमा योजनाबद्ध लगानी भएको यतिका वर्षमा हाम्रो अवस्था यस्तै हुने थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here