मलमूत्र खुवाउन खोज्ने युवती पक्राउ

0
53

बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका– २ मैनाकडेरी बडहराकी एक युवतीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
गत असोज २२ गते शौचालयबाट लोटामा मलमूत्र ल्याई सोही ठाउँकी ४० वर्षीया मानवतीदेवी रामलाई खुवाउने प्रयास गरी कुटपिट गरेको आरोपमा २२ वर्षीया सुनिता रामलाई पक्राउ गरी आज जिल्ला अदालतमा पेश गरिएको प्रहरी निरीक्षक प्रतीक विष्टले बताउनुभयो । पीडितले गत असोज २३ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् । पीडितको प्राथमिक स्वास्थ्य केन्द्रमा सोही दिन उपचार तथा स्वास्थ्य परीक्षण भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here