मेस्सी र रोनाल्डोबिनाको ‘एल क्लासिको’: कुन टिमले मार्ला त बाजी

0
38

विश्वभर चर्चित रहेको ‘एल क्लासिको’ आज हुँदैछ । ११ वर्षमा पहिलो पटक रियल मड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धामा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो देखिने छैनन् ।

बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सी घाइते छन् । उनी तीन साताका लागि खेल्न नसक्ने मेडिकल टिमले बताइसकेको छ । रोनाल्डो भने सिजनको सुरुवातसँगै इटालियन क्लब युभेन्ट्समा आवद्ध भए ।

यी दुई क्लबबीचको खेललाई नयाँ उर्जाको आवश्यकता रहेको फुटबल पण्डितहरु बताउँछन् । यस सिजन नयाँ प्रशिक्षक अनुबन्ध गरेको रियल साँच्चिनै संकटमा रहेको छ । उसका लागि हरेक खेल कठिन बन्दै गएका छन् भने खेलाडीहरु पनि गोल गर्न चुकिरहेका छन् ।

सिजनको पहिलो एल क्लासिकोमा कसले बाजी मार्ने हो सबैको चासोको विषय बनेको छ । बार्सिलोनाभन्दा पनि रियल आफ्नो साख जोगाउनै पर्ने बाध्यतामा रहेको छ ।

बार्सिलोनाको घरेलु मैदानमा हुने खेलमा रियलले आफ्नो साख कसरी जोगाउने हो प्रशिक्षक जुलियन लोपेतेगुइएको ट्याक्ढिटसमा भर पर्नेछ ।

बार्सिलोना र रियल मड्रिड दुबै क्लबले घरेलु लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । लिगमा बार्सिलोनाले ९ खेलबाट ९ अंक गुमाएको छ भने रियल मड्रिडले हालसम्म १३ अंक गुमाएको छ ।

बार्सिलोनाले हालसम्म ५ खेलमा जित, ३ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोरेको छ भने रियल मड्रिडले ४ खेलमा जित, २ खेलमा बराबरी तथा ३ खेलमा हार व्यहोरेको छ ।

हालसम्मको अवस्थालाई हेर्दा बार्सिलोनाको टिम केही बलियो देखिएको छ तर, कप्तान लियोनल मेसीले एल क्लासिको गुमाउनसक्ने खतरा पनि उत्तिकै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here