अर्जुन कपुर र मलाईका विवाह बन्धनमा बाधिँदै

0
70

बलिउड अभिनेता अर्जुन कपुरले आफूभन्दा उमेरमा १२ वर्ष ठूली मलाइका अरोरासँगको सम्बन्धमा थप प्रगति गर्न चाहेको खबर आएको छ । यद्यपी यसबारे मलाइका र अर्जुन दुबैबाट कुनै प्रकारको बयान आएको छैन ।

फिल्मफेयरको रिपोर्ट अनुसार यी जोडी अर्को वर्ष २०१९ मा विवाह बन्धनमा बाधिँदैछन् । यसका साथै यी दुवैले आफ्नो सम्बन्धबारे पनि चाँडै नै आधिकारिकरुपमा खुलासा गर्ने बताइएको छ ।

यो खबरले अहिले बिटाउनमा निकै ठूलो खैलाबैला मच्चाएको छ । यस अघि यी दुबैलाई मिलान विमानस्थलमा हात पकडेर साथै हिँडेको देखिएको थियो ।

यसैबीच मलाइका करवाचौधको अवसरमा बेहुलीको लेहेंगामा देखा परेकी थिइन् । यस्तो पहिरनमा मलाइकाले वेडिंग जक्शन नामको एक शोमा रैंप वाक् गरेकी थिइन् । मलाइका यो शोमा प्रमुख आकर्षणको केन्द्रविन्दु बनेकी थिइन् । ओरेन्ज र ग्रे रंगको समायोजनमा मलाइका निकै सुन्दर देखिएकी थिइन् ।

भारतमा करवाचौधको पर्व चलिरहेको अवस्थामा धेरै अभिनेत्रीहरुले आफ्ना श्रीमान्का लागि वर्त राखेका छन् । अब अर्जुनसँग मलाइकाको विवाहको हल्ला चलिरहँदा यो वर्त मलाइकाले अर्जुनका लागि राख्छिन् या राख्दिनन् भन्ने थाहा पाउन उनका फ्यानहरु निकै आतुर छन् ।

मलाइका अर्जुनभन्दा १२ वर्ष जेठी छिन् र उनको पूर्व श्रीमान् अरबाज खानबाट १५ वर्षको एउटा छोरो पनि छ । यी दुईको सम्बन्धबाट कपुर परिवार खुशी छैनन् भने यसले सलमान खान र अर्जुन कपुरको सम्बन्धमा पनि दरार उत्पन्न गराएको छ । बलिउडमा आउन अघि अर्जुन कपुर सलमानकी बहिनी अर्पितालाई डेट गर्दै थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here