नेपालका भ्रमण गर्दा छुटाउनै नहुने विशेष खानेकुराहरु

0
17

एजेन्सी । नेपाल भ्रमण गर्ने पर्यटकहरुले खानछुटाउनै नहुने खानाहरुको बारेमा अमेरिकी सञ्चारमाध्यमसिएनएनले आठ थरी खानाहरुको सूचीतयार पारेको छ ।

नेपालमामुख्यगरि काठमाडौंमा धेरै नै लोकप्रिय यी खानाहरुको स्वाद मुखमै झुन्डिने बताँउदै सिएनएनले नेपाल भ्रमण गर्दा यी परिकारहरु चाख्न पर्ने बताएको छ । सिएनएनको सूचीमामम,दालभात, थुक्पा, योमरी, जुजुधौ दही, मासको बारा, चटामरी, टिङ्मो एण्ड आलु फिङ अटाएका छन् ।

१. मम

तिब्बती खानाको रुपमा नेपाल भित्रिएको मम टमाटरको चटनीको साथमाखाँदा मिठो हुन्छ । मासु र सब्जी भरिएको सानो सानो डल्ला हुने ममले मुखै रसाउनेआजकाल चिज, आलु लगाएतकाअन्य धेरै अप्सनहरु पाइने सिएनएनले जनाएको छ । काठमाडौं मास्टिम, फ्राइड र कोथे गरी ३ थरी ममहरु पाइने सिएनएनले जनाएको छ ।

२.योमरी

माछा आकारमाबन्ने योमरी चामलको पिठोबाट बनाइएको हुन्छ जसको भित्रचाकु लगाएत मिठो खानेकुरा भरिएको हुन्छ । यो खेतीपाति थन्क्याएपछि चाडपर्वमा खाने एक लोकप्रिय खानेकुराहो जुन योमरीपुन्हीको अवसरमा खाइन्छ ।

३. दालभात

यो नेपालको एकदमै लोकप्रिय खाना हो । नेपालमा दालभात थाली सेटको रुपमा सर्भ गरिने पनि सिएनएनले जनाएको छ । मासको दाल वासिमीलाई धेरै बेर सम्म मन्द आगोमा पकाएर त्यसलाई हिमालयन जडिबुटी जिम्बुले झानिएको हुन्छ ।

४. जुजु धौ

जुजु धौलाई अङ्ग्रेजी रुपान्तरण गर्दा किङंग्स कर्ड हुन्छ , यो भक्तपूरको एकदमै विशेष खानेकुरा हो । भैंसीको दुधबाट बनाइने यो दहीमा मह मिसाइएको हुन्छ र त्यसलाई माटाको भाँडामा राखिन्छ । त्यसपछि त्यसलाई न्यानो ठाँउमा पातलो कपडाले छोपेर नजमुन्जेल राखिन्छ ।

५.थुक्पा

थुक्पा एक प्रकारको चाउचाउ सुप हो जुन तिब्बतबाट नै काठमाडौं प्रवेश गरेको हो । यसमाहातैले बनाइएको उसिनेको चाउचाउ, सब्जीहरु र मासु मिसाइएको हुन्छ । यसमा नेपाली गरम मसला र खुर्सानीको पनिप्रयोग गरिएको हुन्छ ।बिशेषगरी यो जाडो महिनामा खाइन्छ ।

६. मासको बारा

नेपालमा केही पनि त्यस्तो हुदैंन मासको बारा जस्तो । यो लाइट प्याटीहरु मासबाट बनाइएको हुन्छ जुन एकरात भिजाइन्छ त्यसलाई पिसेर मसलासँग मिसाएर त्यसलाई सानो वृत्ताकार रुपमा तोरीको तेलमा पकाइन्छ । अन्तिम मिनेटमा एउटा अण्डा फ्टाएर त्यसलाई पकाइन्छ । यो काठमाडौंको ठूला रेस्टुरेन्टमा भन्दा साना साना भट्टिहरुमा पाइन्छ ।

७. चटामरी

यो पातलो रोटी जस्तो चामलको पिठोले बनाइने चटामरीमा माथि किमा, अन्डा लगाएत अन्य कुराहरु सजाइएको हुन्छ । यसलाई नेपाली भर्सनको पिज्जाभन्दा पनि फरक पर्दैन । यो विशेष नेवारी खाना आजकाल काठमाडौंका धेरै रेष्टुरेन्टहरुमा पनि पाइन्छ ।

८ टिङ्मो (टिःमम) र आलु फिङ

यो खानापनि तिब्बतबाट नै काठमाडौं भित्रिएको हो । टिङ्मो स्टिमगरिएको ब्रेड र सुपमा चोपेर खान मिल्ने गरि बनाइएको हुन्छ ।आलु फिङमा चाउचाउ, आलु र सब्जीहरुको तातो झोल बनाइएको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here