मेस्सीले हानेको बल रोनाल्डोको अनुहारमा

0
76

एल क्लासिको फुटबल मनपराउने विश्वभरका दर्शकका लागि फुटबलको मजा दिनबाट कहिल्यै चुकेको छैन । यो सिजनको पहिलो एल क्लासिकोमा शनिबार बेलुका बार्सिलोनाले रियल मड्रिडलाई उसकै मैदानमा ३–० ले हरायो ।

पहिलो हाफमा रियलका लागि क्रिष्टियानो रोनाल्डोले गोल गर्ने सुन्दर मौका बनाएर पनि चुके । दोस्रो हाफमा बार्सिलोनाका लागि लुइस स्वारेज, लियोनल मेस्सी र एलेक्स भिडालले गोल गरे । ह्याण्ड बलका कारण रियलका ड्यानी कारभाहालले रेडकार्ड पाए, मेस्सीले पेनाल्टी ।

तर गोल, रेड कार्ड र बार्सिलोनाको जित बाहेक पनि यो एल क्लासिकोमा अरु विभिन्न घटना भए, जुन रेफ्रीसँगै दर्शकको राडारबाट चुक्यो ।

त्यस्तै मध्ये एक हो, मेस्सीले प्रहार गरेको बल रोनाल्डोको अनुहारमा लाग्नु । मेस्सी–रोनाल्डो प्रतिस्पर्धाको उत्कर्ष एल क्लासिकोमा देख्न पाइन्छ, तर शनिबारको एल क्लासिकोमा मैदानमा लडेका मेस्सीलाई उठाउन हात दिएका रोनाल्डोको चर्चा भयो । तस्बिरले मन जित्यो ।

त्यसअघि पहिलो हाफमा मेस्सीले बार्सिलोनाका लागि फ्रि–किक पाएका थिए । उनले प्रहार गरेको फ्रि–किक बल बारमा मात्रै लागेन रियलका रोनाल्डोको अनुहारमा पनि लाग्यो । रोनाल्डोका फ्यानले यसलाई बार्सिलोनालाई गोल गर्नबाट रोक्ने रोनाल्डोको प्रयासका रुपमा परिभाषित गर्लान् तर यो एल क्लासिकोमा देखिएको असजिलो तर चाखलाग्दो दृश्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here