उत्तर कोरियाली नाकाबन्दी बारेमा राष्ट्रसंघमा मतदान हुने

0
34

उत्तर कोरियाको शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा रहेको संयुक्त राष्ट्रसंघले उसमाथि जारी राखिएको नाकाबन्दीका बारेमा मतदान गर्ने भएको छ ।

मतदानबाट उसलाई यसअघि लगाइएको नाकाबन्दीमा निरन्तरता दिनुका साथै थप नाकाबन्दीको पनि घोषणा गर्ने भएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्यहरुलाई सो सम्बन्धी मतदानको एजेण्डा रहेको जानकारी गराइएको समाचारमा जनाइएको छ ।

उक्त एजेण्डामा विशेषगरी प्रशोधित तेलको ९० प्रतिशत निर्यात र आयातमा प्रतिबन्ध लगाउने रहेको छ । त्यसैगरी अन्य आर्थिक विषयमा पनि उसलाई अप्ठेरो पर्नेगरी नाकाबन्दी लगाउनेगरी तयारी गरिएको समाचारमा जनाइएको छ ।

यस घटनाले विश्वमा नै हतियारको होडबाजी बढ्ने र यसले नागरिकको शान्तिको चाहनामा गम्भीर असर पार्ने चिन्ता विश्वब्यापीरुपमा बढाउने चिन्ता व्यक्त गरिएको छ ।

केही समयमात्र अघि पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद््मा बोल्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रम विरुद्ध कदम चाल्न नसक्ने हो भने त्यसले घातक परिणाम ल्याउने चेतावनीसमेत दिनुभएको थियो ।

एकातार्फ अमेरिकाले उत्तर कोरियाको यस्तो आणविक महत्वाकांक्षालाई निस्तेज पार्नका लागि चीनले नै प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने चाहन्छ भने तर चीनले भने यस विषयमा कुनै कडा प्रतिक्रिया दिने गरेको छैन ।

चीनले उत्तर कोरियासँग शान्ति वार्तागरी यसैका माध्यमबाट यो आणविक कार्यक्रम नियन्त्रण गर्न सकियोस् भन्ने चाहेको छ । चीनले सदैव उत्तर कोरियासँग वार्तागरी समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

यसरी आणविक परीक्षणको यो पछिल्लो होडबाजीले विश्वमा युद्धको भय झन् बढ्दै गएको टिप्पणी गर्न थालिएको छ । उत्तर कोरियाले भने यो आणविक अस्त्रको होड रोक्ने बारेमा कुनै संकेत दिएको छैन ।

विश्लेषकले यस्तो अवस्थाको नियन्त्रण र निवारण गरी शान्तिपूर्ण विश्व निर्माणका लागि सबैको सकारात्मक पहल हुनुपर्नेमा जोड दिएका छन् ।

तर उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघले बारम्बार आणविक होड त्याग्न भनेपनि उसले निरन्तरता दिइरहेको छ । त्यसैले अमेरिकाको प्रस्तावमा उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले नाकाबन्दी लगाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here