माेबाइलबाटै आफूले चाहेको ठाउँकाे हाेटल बुक गर्न मिल्ने एप ‘बसाई’

0
63

घरमै बसेर आफूले चाहेको ठाउँकाे हाेटल बुक गर्न मिल्ने माेबाइल एप निर्माण भएकाे छ । नेपालमा पर्यटन क्षेत्रको प्रवद्धन गर्ने र मुलुकलाई डिजिटलाइजेसनतर्फ लग्ने उद्देश्यले ‘बसाई’ नामक एप संचालनमा ल्याइएको नेपाल बसाई ट्राभल एण्ड टुर सर्भिस प्रालिका प्रबन्ध निर्देशक सिद्धान्त ज्ञवालीले बताए ।

अाफूले खाेजेकाे हाेटल, काेठा र त्यसकाे मूल्य घरबाटै बुक गर्न सकिने याे सुविधाबाट मुख्यतः स्वदेशी पर्यटक लाभान्तवित हुने छन् । यसका लागि कम्पनीले हालसम्म मुलुकको भैरहवा, लुम्बिनी, बुटवल, चितवन, पोखरा, काठमाडौं, धुलिखेल र नगरकोटको गरी ७० वटा होटलसगँ सम्झौता गरिसकेको छ ।

ज्ञवालीका अनुसार कम्पनीसगँ सम्झौता भएको सबै शहरहरुमा पर्यटकले चाहे जस्तो सस्तोदेखि महंगो सम्मका होटलहरु एप मार्फत बुक गर्ने सक्नेछन् । एपमार्फत बुक गरेको कोठामा १० प्रतिशतसम्म छुट दिइने कम्पनीले बताएको छ । कम्पनीले अहिले एक तारे देखि ३ तारेसम्मका होटलहरुसगँ सम्झौता गरिसकेको छ । ५ तारे होटलहरुसँग सम्झौताको तयारी रहेको बताएको छ ।

होटलको कोठा बुक गर्नका लागि सर्वप्रथम एन्ड्रोइड सिस्टमको मोबाइल खोली प्ले स्टोरमा गई ‘बसाई’ Basaiyee नामक एप्लीकेशन खोजेर मोबाइलमा डाउनलोड गर्नुपर्छ । त्यसपछि एप्लीकेशन प्रवेश गरी युजर नेम र पाससवार्ड राखेर साइन इन गर्नुपर्छ । त्यसपछि आफुले खोजेको शहरमा विभिन्न होटलहरुको विभिन्न किसिमका कोठाहरुको मुल्य सहितको विवरण आउनेछ । त्यसपछि आफुले चाहेको अवधीभरका लागि कोठा बुक गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here