जेलमा यसरी बस्छन् महिला कैदी

0
11

अहिलेसम्म जेल नबसेकाहरुलाई जेलको बसाई कस्तो हुन्छ भन्ने थाहा नहुन सक्छ । सामान्यत: जेल बसाई कष्टकर नै हुन्छ । त्यस्तै एक फोटोग्राफरले इजरायलमा रहेको महिलाहरुका लागि मात्र बनाइएको जेलको केही तस्बिरहरु आफ्नो क्यामेरामा कैद गरेका छन् । नर्वे त्रिजा नाम गरेको यस जेलमा करिब २२ महिला कैदी छन् । जसमा १८ वर्षदेखि ७० वर्षसम्मका महिलाहरु छन् । फोटोग्राफर तोमर इफराहले उक्त जेलको केही तस्बिर बाहिर ल्याएपछि मानिसहरुले विभिन्न प्रतिक्रिया दिएका छन् ।

तोमरलाई सन् २०११ मा जेल जाने अवसर मिलेको थियो । उनी रिपोर्टरका साथ त्यहाँ पुगेका थिए । उनको वास्तविक काम सिंगल कैदीहरुको फोटो लिनु थियो । तर, जेलभित्र पसेपछि उनले आफ्नै तरिका लगाए । तीन महिनासम्म फोटोग्राफरले हरेक हप्तामा एकदिन महिला जेलमा बिताए र कैदीहरुको जिन्दगी क्यामरामा कैद गरे ।

तोमरका अनुसार कैदी अलग-अलग परिवेशबाट आएका छन् । धेरैजसो कमजोर अल्पसंख्यक समुदायबाट छन् । जेलमा भएका सबै महिला इजरायलका होइनन् । जसमा रुस, इथियोपिया र दक्षिण अमेरिकी देशहरुबाट बढी छन् । जेलमा रहेका अधिकांश महिला कैदी ठूला अपराधको सजाय भोगिरहेका छन् भने कोही दोस्रो वा तेस्रो पटक त्यहाँ पुगेका हुन् । तोमरले खिचेको फोटोमा महिला कैदीहरु सानो क्षेत्रफलमा धेरै जना बसेको देखिन्छ ।

एजेन्सीहरुको सहयोगमा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here