प्रचण्ड-ओली भेटवार्ता, होला आजै सहमति ?

0
79

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘बहुप्रतिक्षीत’ भेटवार्ता शुरु भएको छ । ओलीको निवास बालकोटमा जारी बैठकमा नयाँ सरकार गठन, पार्टी एकता लगायत समसामयिक बिषयमा छलफल भएको अपेक्षा गरिएको छ ।

ओलीलाई भेटन अध्यक्ष प्रचण्ड दिउसो १ बजेपछि भक्तपुरको बालकोट पुगेका छन् । यसअघि ओलीका सहयोगीले आज भेटघाटको समय तय नभएको बताएका थिए । वामपन्थी गठबन्धनमा चिसोपना आएको टिप्पणी भइरहदा दुइ नेताहरुबीच छलफल भएको हो ।

दुई अध्यक्षको भेटपछि पार्टी एकता समायोजन समितिको बैठक बस्ने सम्भावना रहेको ती नेताका सहयोगीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here