पोखरामा सडक महोत्सव सुरु

0
71

सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित पोखरमा बिहीबार देखि १९ औ सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत १८ वर्ष देखी महोत्सवको आयोजना गर्दै आएको छ ।

लेकसाइडको हल्लनचोकबाट सुरु विभिन्न सास्कृतीक झाँकी सहितको ¥यालीले कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको छ । महोत्सवको सांसद रविन्द्र अधिकारीले उद्घाटन गरे । पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ । विभिन्न झाँकीमा स्वदेशी तथा विदेशी पर्यटकहरु रमाएका थिए ।

खुल्ला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सास्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने छन् । महोत्सवलाई लक्षित गरि लेकसाईड क्षेत्रलाई दुलही झै सिगारिएको छ । १७ गते सम्म संचालन हुने महोत्सव स्थलको विवाह घर जस्तै रङगीचङगी भएको छ । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरुमा रङगरोगन गरिएको छ भने रङगीचङगी धोजा पताकाले टागेर सिगारिएको छ । अग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरीएको महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आक्रषण रहेको छ ।

नेपालको पर्यटन क्षेत्रमा यो मौसमलाई अफसिजनको रुपमा लिइने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न महोत्सव आयोजना गरिएको आयोज गरेको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए । पाँचदिने सडक महोत्सवमा महोत्सवमा जापान, चीन, दक्षिण कोरिया र भारतका साँस्कृतिक कार्यक्रमका साथ सातवटै प्रदेशका सास्कृतीक समुहले सास्कृतक नृत्य प्रस्तुती रहने छ ।

प्रदेश नम्बर–१ बाट सतार जातिको साँस्कृतिक कार्यक्रम, प्रदेश–२ बाट मैथली कार्यक्रम, प्रदेश–३ बाट नेवार जातिको, ४ बाट गुरुङ, ५ बाट बर्दियाको थारु जाति, ६ बाट हुम्लाको हुम्लेली जातिको र ७ बाट डडेल्धुराको देउडा जातिको साँस्कृतिक कार्यक्रम एकै स्थानमा हेर्न पाइने आयोजकले बताएका छन् ।

त्यसै गरी छिमेकी ६ जिल्लाबाट उत्पादित सुन्तला तथा कृषिजन्य पदार्थको प्रदर्शनी, सडकमै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन् । सडक महोत्सवबाट पोखराका होटल तथा महोत्सवस्थलमा गरी झन्डै ५० करोड रुपैयाँ कारोबार हुने आयोजकको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here