रोनाल्डोका कारण इस्कोले रियल छोड्न सक्ने

0
59

रियल म्याड्रिडका मिडफिल्डर इस्को केही समयदेखि म्यानचेस्टर सिटी र पिएसजी जस्ता क्लबका नजरमा छन् । सिजनको सुरुआतमा सिटीसँग जोडिएका इस्कोले क्लबसँग थप ६ वर्षे सम्झौता नवीकरण गरेपनि क्रिस्टियानो रोनाल्डोको कारण स्पेनिस मिडफिल्डर रियल छोड्ने सम्भावना बढेको स्पेनिस सञ्चारमाध्यम डायरी गोलले जनाएको छ ।

बार्सिलोनासँगको ३-० को पराजयमा बेन्चमै सीमित रहेका इस्को रोनाल्डोले जिदानलाई दिएको सुझावका कारण खेल्ने अवसर नपाएको डायरी गोलले जनाएको हो । इस्कोले यो सिजन ला लिगामा रियलको १६ खेल मध्ये १५ खेलमा अवसर पाए पनि निकै महत्व बोकेको ‘एल क्लासिको’मा खेल्न नपाउनु उनको लागि निराशजनक थियो । उनले १५ मध्ये १३ खेलमा सुरुआत गरेका हुन् ।

एल क्लासिको पछि इस्कोले आफैँ खेल्न नचाहेको हल्लाहरु ट्विटरमा चल्न थालेपछि उनले ट्विटर मार्फत यस्तो प्रतिक्रिया दिएका थिए । ‘वाइयात कुराहरु छाड्नुहोस्, मैले खेल्ने अवसर नपाउने मैले चाल पाएको थिए । ‘

विश्व कप नजिकिँदै गर्दा इस्कोले स्पेनिस टोलीमा स्थान बनाउन आफुलाई प्रमाणित गर्न जरुरी छ । नियमित खेल समयको खोजिमा रहने इस्कोले प्रतिस्पर्धात्मक खेलहरुमा खेल्न नपाउनु सिटी लगायत अन्य क्लबले अवसरको रुपमा हेर्न सक्छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here