मेस्सी सर्वाधिक कमाउने ल्याटिन अमेरिकी खेलाडी

0
49
Argentina's Lionel Messi celebrates after scoring his third goal against Ecuador during their 2018 World Cup qualifying soccer match at the Atahualpa Olympic Stadium in Quito, Ecuador, Tuesday, Oct. 10, 2017. (AP Photo/Fernando Vergara)

फर्ब्सले सार्वजनिक गरेको सर्वाधिक कमाउने ल्याटिनो सेलिब्रेटीहरुको शिर्ष १० को सूचीमा लियोनल मेस्सीले अग्रस्थान हासिल गरेका छन् । उक्त सूचीमा ६ खेलाडी पर्न सफल भएका छन् , जस्मद्धे २ फुटबलर , १ बास्केटबल खेलाडी र ३ एमएलएसका खेलाडी छन् ।

ल्याटिनो भन्नाले ल्याटिन अमेरिकीलाई भन्ने गरिन्छ । मुख्यतः स्पेनिस बोल्ने जनसंख्या यस वर्गमा पर्दछन् तर यूरोपेली स्पेनिस भाषा अंगालेका भने यस वर्गमा अटाउँदैनन् ।

फर्ब्सले प्रकाशित गरेको सर्वाधिक कमाउने ल्याटिनो सेलिब्रेटीको सूचीमा लियोनल मेस्सी शिर्ष स्थानमा छन् । फर्ब्सका अनुसार २०१७ मा उनले ८० मिलियन अमेरिकी डलर कमाएका हुन् । त्यस्तै ब्राजिलियन फरवार्ड नेयमार सूचीको पाँचौ स्थानमा अटाएका हुन् । उनको कमाइ फर्ब्सले ३७ मिलियन तोकेको छ ।

त्यस्तै अमेरिकी बास्केटबल खेलाडी कार्मेलो एन्थोनी ३२।५ मिलियन सहित सातौ स्थानमा छन् । बेसबल खेलाडी मिगुएल क्याब्रेरा ९३०।३ मिलियन० , अल्बर्ट पुजोल्स९२७।३० र रबिन्सन कानो९२६।६० क्रमशः आठ , नौं र दश स्थानमा छन् ।

सूचीमा अटाएका अन्य सेलिब्रेटीमा पाँचौ स्थानमा जेनिफर लोपेज , चौथौंमा ब्रुनो मार्स , तेस्रोमा अभिनेत्री सोफिया भर्गारा र दोस्रोमा हास्य कलाकार लुइस सिके हुन् ।अर्की परिचित पप गायिका सेलिना गोमेज भने २५ मिलियन कमाएपनि शिर्ष १० मा अटेकी छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here