देउवको प्रश्नले प्रचण्ड अलमलमा, अब के हुन्छ ?

0
205

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले लेखेको पुस्तको विमोचन कार्यक्रममा एमाले अध्यक्ष ओलीले वाम गठवन्धनलाई तोड्नका लागि निकै प्रयास गरिएको भएपनि त्यो कुनै हालतमा पनि काम नलाग्ने बताए । ‘ वाम गठवन्धनसँग बहुमत छ, थुप्रै प्रयास भएका छन् यो तोड्नका लागि’ ओलीले भने,‘ती प्रयासहरु काम लाग्दैनन् ।’

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको नाम नलिइ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पाँच वर्ष प्रधानमन्त्री दिन्छौं भन्दै वाम गठवन्धन फुटाउन खोजेपनि काम नलागेको बताए ।
‘उहाँलाई (प्रचण्डलाई) माया ग¥या हो र ? देश बनाउन खोज्या हो र ? होइन यो त विथोल्न खोजेको हो । तर यो सम्भव छैन ।’ ओलीले भने ।

प्रचण्डले वाम गठवन्धन फुटाउन आफूलाई पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव आएको बताएका थिए ।

वाम गठवन्धनका एजेन्डालाई जनताले अनुमोदन गरेको भन्दै ओलीले जनताले दिएको अविभारा, जिम्मेवारी पुरा गर्न पछि नपर्ने बताए ।

‘हामीले राखेका एजेन्डालाई जनताले अनुमोदन गरेका छन् ।’ओलीले भने ‘ राष्ट्रनिर्माणमा हाम्रो दायित्व र अविभारा छ, हामीले जिम्मेवारी र चुनौतीलाई देखेका छौं । ’

उनले अधिकांश स्थानीय तह र प्रदेशमा वाम गठवन्धनको जीत भएको भन्दै अहिले देशमा केही गर्ने बेला भएको बताए ।

एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले जनाधार गुमीसक्दा पनि सरकारमा बसेर पैसा बाढ्ने र नियुक्ति गर्ने काम गरेको भन्दै लोकतान्त्रिक व्यवहार देखाउन आग्रह गरे ।

आफू लोकतान्त्रिक अरु सवै अलोकतान्त्रिक, तानाशाही भन्ने गलत मानसिकतामा नेपाली कांग्रेस रहेको भन्दै पहिला आफूलाई लोकतान्त्रिक बनाउन ओलीले कांग्रेसलाई चुनौती दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here