कौटिन्हो बार्सिलोना जाने तयारीमा

0
73

नयाँ वर्षको सुरुवातसँगै विन्टर ट्रान्सफर विन्डो पनि खुल्ने छ । त्यस्तैमा विभिन्न क्लबहरु आफ्नो टोलीलाई बलियो बनाउन खेलाडि भित्राउनतिर लाग्ने छन् । यसै अवसरमा अमेरिकी फुटवेर कम्पनी नाइकिले फिलिप कौटिन्हो बार्सिलोना जाने सङ्केत दिएको छ ।

यस सिजनको सुरुवात अघि कौटिन्हो बार्सिलोना जान खोजे पनि लिभरपुलले उनको ट्रान्सफर रोकेको थियो । तर यस विन्टर ट्रान्सफर विन्डोमा कौटिन्होको इच्छा अन्तिममा पूरा हुने देखिन्छ ।

नाइकिले आफ्नो आधिकारिक ट्विटरमार्फत कौटिन्हो बार्सिलोना आउने सङ्केत दिएको हो । “कौटिन्हो नु क्याम्प रङ्गाउन तयार छन् । कौटिन्होको जर्सी जनवरी ६ सम्म उनको नामको जर्सी मगाउनु होस् ,” नाइकिले ट्विटमार्फत जनाएको थियो ।

लिभरपुल राम्रो फुटबल खेलिरहे पनि प्रिमियर लिगको अंकतालिकाको चौथो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोना भने ला लिगाको पहिलो स्थानमा रहेको छ । ब्राजिलियन रोनाल्डोले पनि कौटिन्हो बार्सिलोना जान सक्ने कुरा सम्बन्धि आफ्नो मत दिएका थिए ।

नाइकिले आफ्नो ट्विट केहि छिनमै हटाएको थियो । कम्पनीले त्यसबारे पछि केहि बोलेको पनि छैन । त्यो ट्विट गल्ती थियो या नाइकिले कुनै सङ्केत दिन खोजेको भन्ने कुरा यसै ट्रान्सफर विन्डोमा प्रष्ट हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here