प्रचण्डबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

0
126

प्रचण्डको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गाविसमा २०११ साल मंसीर २६ गते भएको हो । उनको न्वारानको नाम छविलाल हो । जीवनमा कम्युनिस्ट बनेर यत्रो ठूलो नेता बन्छु भनेर उनले कहिल्यै सोचेका थिएनन्, न त विद्रोहको सफलताबारे आँकलन नै गरेका थिए । परिवारको जेठो सन्तान, त्यसमा पनि छोरो जन्मिँदा प्रचण्डका बाबुआमाले चिना हेराए । ज्योतिषीले फ्याट्टै भनेछन्, “तिम्रो छोरो ठूलो मान्छे बन्छ, उसलाई राजयोग परेको छ ।” त्यतिखेर प्रचण्डका बाबु मुक्तिराम दाहाल फिस्स हाँसेका मात्र थिए ।

पहाडमा जग्गा कम तर परिवारसंख्या ठूलो भएका कारण मुक्तिरामले पुख्र्यौली थलो कास्कीको ढिकुरपोखरीबाट चितवनतिर बसाइँ सरे र शिवनगर गाविसको भीमसेननगरमा स्थायी घर बनाए । चितवन सर्दा प्रचण्ड ७ वर्षका थिए । त्यहीं बाल्यकालको पढाइ सकियो । उनी सानैदेखि सबैसँग मिल्थे । गाउँमा कसैको झगडा पर्दा भन्थे( ‘खै छविलाल कहाँ छ रु त्यसले मिलाई दिन्छ कि रु’ घरमा भाइबहिनीहरूबीच झगडा हुँदा पनि छविलालले मिलाउँथे । मुलुकको द्वन्द्व पनि उनले नै मिलाउने आशा गरिएको छ ।

पढाईमा उनको प्रगति अनौठो छ । कक्षा एकमा एकपल्ट फेल भएका उनी दुई कक्षामा दोस्रा भए । कक्षा तीनमा प्रथम भएर एकैचोटि कक्षा पाँचमा गए । कक्षा पाँचमा पनि पहिलो भए । र, दुई कक्षा फड्किएर सातमा पुगे । कक्षा आठ, नौ र १० मा उनले शिवनगर हाइस्कुलमा ९चितवन० पढे । एसएलसी पास गरेपछि ललितपुरको पाटन संयुक्त क्याम्पसबाट आईएस्सी पढ्दै गर्दा प्रचण्डलाई बाबुआमाले गाउँकै सीता पौडेलसँग विवाह गरिदिए । अनि, रामपुर क्याम्पसबाट कृषिमा बि। एस्सी। एजी। गरे । ठीक त्यहीबेला सरकारी जागिर खान भनेर प्रचण्ड चितवनबाट हिँडेरै धनकुटा गए । तर, जागिर पाएनन् । फर्केर घर आए । बाबु मुक्तिरामका स्मरणमा, त्यतिखेर प्रचण्ड रिसाएर घर फर्केका थिए । त्यसपछि नवलपरासीको त्रिभुवननगर र गोरखाको आरूघाटमा दुई(दुई वर्ष पढाए। प्रचण्ड सानैदेखि गम्भीर स्वभावका थिए।

परिवारमा जेठो सन्तानको भूमिका राम्रै निभाएका थिए उनले। छविलालका बाबु मुक्तिराम दाहालले २०५७ सालको जनादेश साप्ताहिकमा भनेका छन्, ‘ऊ जेठो जान्ने(बुझ्ने छोरा, उसकी आमा क्यान्सर रोगी भएकीले भाइबहिनीलाई उसले नै अभिभावकको माया दिएको थियो । गाउँमा बचत कार्यक्रम चलाएको थियो, ढुकुटी चलाएर अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्थ्यो।’ सानैदेखिको यो गुणकै कारण होला, २०४७ सालमा विभिन्न चारवटा कम्युनिस्ट पार्टीबीच एकता गराएर उनी पार्टीको महामन्त्री बने ।

राजनीतिक यात्रा
पढाइमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनीतिक बीउ भने १० कक्षा पढ्दादेखि अंकुराउन थालेको हो । प्रचण्ड त्यो क्षण सम्झन्छन्, “पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो । त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो । मेरै घरनजिक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन् । उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए । उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन् ।” त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो । चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो । त्यस हिसाबले उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ । भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए । ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे । उनको विश्लेषणमा, “लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो । मोहनविक्रम नै मेराविरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्‍यो ।”

प्रचण्डलाई जतिले भेटे, उनीहरूको एउटै धारणा छ, प्रचण्ड अति मिजासिला छन्, सही नेतृत्व गर्ने खालका । तर, उनीसँग नजिकको सम्बन्ध राख्नेहरूका अनुसार उनी हरेक व्यक्तिलाई नजिक ल्याउन सक्ने र दूरी बढाउन सक्ने क्षमता राख्छन् । अझ डा। बाबुराम भट्टराईले अन्तर्वार्ताहरूमा भनेका छन्, “प्रचण्डजी दह्रो नेतृत्वको गुण राख्नुहुने मान्छे हो । उहाँ असाध्यै ‘डायनामिक’ मानिस हो । अहिले एमालेमा त्यो डायनामिक व्यक्तित्वको अभाव हामीले देखिरहेका छौँ । काङ्ग्रेस बीपीका बेलामा जति गतिशील थियो वा मदन भण्डारीको पालामा एमालेमा जुन गतिशीलता थियो, त्यहाँ नेतृत्वका गुणले काम गरेको थियो ।

प्रचण्ड जनसमूहमा प्रभाव पार्ने सक्ने मान्छे हो ।” प्रचण्ड सामान्यतः बिहान पाँच बजे उठ्छन् । उमेरअनुसार हल्का योग गर्छन् । उनका दिन लेखपढ, भेटघाट तथा संगठनात्मक नीति(निर्देशनबीच प्रायः चापाचापमै बित्छन् । अनि सामान्यतः राति १०(११ बजेको बीचमा सुत्छन् । उनि सादा, शाकाहारी खाना खान्छन् । बिहान नास्तामा रोटी(सब्जी, दिउँसोको खानामा दाल, भात, तरकारी खान्छन् । दिउँसो नास्ता गर्ने चलन छैन । उमेर छँदा खानाको कुनै निश्चितता थिएन । कुनै खास पेयपदार्थ नरूचाउने प्रचण्ड दिनमा ३ देखि ४ कप चिया पिउँछन् । चुरोट पिउँने प्रचण्डले चुरोट छाडेको करिब ६ महिना भयो ।

उनी चुरोटबाहेक अरू कुनै कुराको अम्मली भएनन् । दर्शन, राजनीति, अर्थशास्त्र र सौन्दर्यशास्त्रसँग सम्बन्धित पुस्तक पढ्न रूचाउने प्रचण्डको परिस्थितिअनुसार थपघट भए पनि सामान्यतः दिनको पाँच(छ घण्टा पुस्तकमै बित्छ । उनलाई असाध्यै प्रभावित पारेको पुस्तक म्याक्सिम गोर्कीको ‘आमा’ हो भने उनी अरूलाई विज्ञान र दर्शनसँग सम्बन्धित पुस्तकहरू अध्ययन गर्ने सुझाव दिन्छन् । उनी भित्र र बाहिर अलग(अलग कुरा गर्ने मानिससाग सबैभन्दा बढी दिक्क मान्छन् ।

सानैमा विवाह भएको र विवाहदेखि नै श्रीमतीसँग अटुट प्रेम रहिआएको उनी बताउँछन् । स्कुल र कलेजमा रहँदा लजालु स्वभावको भएका प्रचण्डलाई कसैले पछ्याउने मौकै पाएनन् । उनी भन्छन्, ‘श्रीमतीबाहेक अरू कसैलाई लेखेको छैन ।’ खेलकुदका बारेमा प्रचण्ड भन्छन्, ‘बाल्यकाल र युवा अवस्थासम्म खेलकुदमा मेरो विशेष रूचि थियो ।

मन पर्ने खेल फुटबल हो, हाईस्कूलमा हुँदा कतिपय फुटबल म्याचमा भाग पनि लिन्थें, कलेज जान थालेपछि भलिबल र टेबलटेनिसमा रूचि बढ्यो, पछि शिक्षक हुँदा पनि खास गरी गोरखा आरूघाटमा विद्यार्थीहरूसँग भलिबल खेल्थें ।’ उनी गीत(संगीतमा रूचि राख्छन् । उनलाई मनपर्ने गायकहरूमा नारायण गोपाल तथा खुसीराम पाख्रीन हुन् । केही वर्षअघि नायिका करिश्मा मानन्धर मनपर्ने नायिका भएको बताउने प्रचण्डले कलेज पढ्दासम्म निकै चलचित्र हेरेका थिए । जनयुद्धमा चलचित्र हेर्ने संभावना रहेन ।

उनलाई अहिले हिन्दी चलचित्रमा सवाना आजमीको अभिनय विशेष मन पर्छ । उनी घोडा चढ्न मन पराउँछन् । उनलाई देशभित्र मनपर्ने नेतामा बी।पी। कोइराला र पुष्पलाल श्रेष्ठ हुन् । उनी आफ्नो आदर्श नेता लेनिनलाई मान्छन् ।

२०६३ जेठ ५ मा बुटवलस्थित तिनाउ एफएमसँग टेलिफोन वार्ता गर्दै एमालेका तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई माओवादी अध्यक्ष प्रचण्डले सकारात्मक रूपमा ग्रहण गर्ने खुलासा गरे । केही सैद्धान्तिक विषयमा छलफल गर्ने समय र योजना तय भइसके पनि त्यसअघि नै भण्डारीको निधन भएकाले आफूहरूबीच कुरा हुन नसकेको प्रचण्डले एफएम(अन्तर्वार्तामा बताए । प्रचण्डले भण्डारीको विचारलाई अहिले गलत ढंगले विश्लेषण भएको बताए । दिनमा कम्तीमा दुई घण्टा इन्टरनेटमा बस्ने प्रचण्ड सूचना(प्रविधिका विषयमा अभ्यस्त छन् । उनको टेलिफोनमा बिहान र बेलुका गरी दिनहुँ कम्तीमा डेढ घण्टा बित्छ समयानुक्रम।

२०२६ सालमा एसएलसी
२०३० सालमा आइएस्सी पाटन संयुक्त क्याम्पस
२०३३ सालमा बीएस्सी एजी कृषी तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवन
२०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटमा अध्यापन
२०३८ सालमा नेकपामा प्रवेश २०३५ सालदेखि पूर्णकालीन तथा भूमिगत जीवन प्रारम्भ
२०४६ महामन्त्री नेकपा मशाल
२०४८ महामन्त्री नेकपा एकता(केन्द्र २०५१ महामन्त्री नेकपा माओवादी२०५७ अध्यक्ष, नेकपा माओवादी

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here