उत्तर कोरियाले दियो यस्तो चेतावनी

0
100

उत्तर कोरियाका नेता किम जोन उनले अमेरिकालाई चेतावनी दिँदै परमाणु बम छोड्ने स्विच सधै आफ्नो टेबलमा रहने भन्दै चेतावनी दिएका छन् । उनले अमेरिका युद्ध शुरु गर्न असक्षम हुने बताएका छन् ।

उत्तर कोरियाली टेलिभिजनमा नयाँ वर्षको भाषणामा किन जोन उनले पूरै अमेरिका उत्तर कोरियाको परमाणु हतियारको क्षेत्रमा पर्ने भन्दै ‘यो धम्की होइन, वास्तविकता हो’ भनेका छन् ।

तर, छिमेकी दक्षिण कोरियालाई लिएर किम थोरै नरम रुपमा प्रस्तुत भएका छन् । उनले आफू दक्षिण कोरियासँग कुराकानीका लागि तयार भएको संकेत दिएको बीबीसीले जनाएको छ ।

सोलमा हुने विन्टर ओलम्पिकमा आफ्नो टीम पठाउनसक्ने किमले बताएका छन् ।

उत्तर कोरिया माथि कयौं मिसाइल परीक्षण तथा परमाणु कार्यक्रमका कारण कयौं किसिमका प्रतिवन्ध लागेको छ ।

विश्वका कयौं देशले उत्तर कोरियाँसगको सम्बन्धलाई पर राखेका छन् । तर त्यसलाई प्रवाह नगरि उत्तरले भने ६ वटा परमाणु परीक्षण गरिसकेको छ ।

नयाँ वर्षमा दिएको भाषणमा किमले हतियारलाई लिएर आफ्नो नीतिमाथि फेरि जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here