कर्मचारीको सेवा अवधि बढाउन भन्नुको कारण माग्यो सर्वोच्चले

0
71

वित्तीय क्षेत्रका कर्मचारीको कार्यकाल लम्ब्याउने माग गर्दै परेको रिटमा सवोच्र्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बैंक बिमा तथा वित्तीय क्षेत्रका कर्मचारीहरुको सेवा अवधि बढाउन माग गरी परेको रिटमा सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

वित्तीय क्षेत्रका कर्मचारीको सेवा अवधि ३० बर्षे हटाउन परमादेश मागिएको गरिएको रिटमा न्यायाधिस दीपककुमार कार्कीको इजलासले मंगलबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । बित्तीय कर्मचारी संघ नेपाल राष्ट्रिय समितिका तर्फबाट अध्यक्ष नारायणप्रसाद सुबेदीले लोकसेवा आयोग, राष्ट्र बैंक, अर्थमन्त्रालय, नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई विपक्षी बनाएर दायर गरेको रिटमा मंगलबार आदेश जारी भएको हो ।
यसअघि राष्ट्र बैंकले अवकाश अवधि उमेर ५८ वा सेवा गरेको अवधि ३० बर्ष जुन पहिले हुन्छ त्यसैका आधारमा अवकाश हुने ब्यवस्थालाई शंशोधन गरि ३० बर्षे अवधि हटाउन माग गरेको थियो । आयोगले राष्ट्र बैंकको माग विरुद्ध संघीय कानुन आएपछि त्यसै अनुसार गर्ने निर्णय सुनाइ दिएको थियो । यसैलाई आधार मानेर अदालतमा मुद्दा परेको हो ।

अब १५ दिनपछि विपक्षीहरुले आफ्नो राय सर्वोच्चमा पेस गर्नुपर्ने हुन्छ । रायका आधारमा दुबै पक्षका बहस र फैसला हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here