अध्ययन छात्रवृत्तिको आवेदन म्याद बढाइयो

0
100
boy confused as to directions clipart

काठमाडौं–वैदेशिक रोजगारको क्रममा मृत्यु तथा पूर्ण रुपमा अशक्त भएका कामदारहरुमा आश्रीत छोराछोरीका लागि सरकारले उपलब्ध गराउने छात्रवृत्तिको  लागि आवेदन म्याद थप गरिएको छ ।
कामदारका आफन्तहरुलाई छात्रवृतिका लागि आवेदन पेश गर्न वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पिडित परिवारहरुलाई गत भाद्र महिना देखि आह्वान  गरेको थियो । वैदेशिक रोजगार विभागका सुचना अधिकारी तारा बहादुर कुँवरका अनुसार हाल सम्म एक सय ५० आवेदन वोर्डको कार्यालयमा आइपुगेको छ ।
मंसीर मसान्तसम्मको लागि तोकिएको समय सिमा बढाएर माघ मसान्तको म्याद कायम गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।
सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाले अध्ययनरत विद्यालयमा आवेदन दिनुपर्नेछ । १२ कक्षासम्म अध्ययनरत पिडित बालबालिकाले आवेदन पेश गर्नसक्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जानकारी गराएको छ । कतिपय विद्यालयहरुले प्राप्त आवेदनलाई पुन अभिभावकलाई दिएर बोर्डमा पठाएको कुवँरले बताए ।
वैदेशिक रोजगार छात्रवृत्तीमा आधारभुत तहलाई आठ हजार र माध्यमिक तहलाई १२ हजार प्रदान गरिने जनाईएको छ । एकपटकमा एक विद्यार्थाीलाई वार्षिक छात्रवृत्ती रकम एकमुष्ट प्रदान गरिने बताइएको छ । १८ वर्ष मुनिका बालबालिकालाई प्रदान गरिने छात्रवृत्ती रकमका लागि आवेदकले मृतक वा अशक्तको पुष्टि हुनेगरि  पुर्ण विवरण पेश गर्नुपर्दछ ।
छात्रवृत्ती प्राप्त गर्ने बालबालिकाहरुले वैदेशिक रोजगारका मृत्यु वा अंगभग भएको व्यक्तिको श्रम स्विकृति,नागरिकता प्रतिलिपी पेश गर्नुपर्नेछ । संम्लग्न कागजातहरुमा मृत्यु दर्ता  प्रमाण पत्र ,अशक्त कामदारको पासपोर्ट प्रतिलिपी ,नाता प्रमाणित ,अशक्त हुनुको कारण खुल्ने कागजात र स्थानीय निकायको सिफारिश पनि पेश गर्नुपर्नेछ ।
वैदेशिक रोजगारीका लागि  सवैभन्दा बढि प्रदेश नम्बर दुईका युवाहरु विदेशिएका छन् । प्रदेश दुईबाट आवदेन अहिलेसम्म आइसकेको नसकेको कुँवरले बताए । आफ्नो देशबाट श्रम स्विृकृती लिएर रोजगारीमा गएका परिवारका सदस्यले आवेदन दिनुपर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here