लेस्टर सिटीका मारेज लिभरपुल जान सक्ने

0
15

प्रिमियर लिग क्लब लेस्टर सिटीका स्टार विङर रियाद मारेज लिभरपुल जाने सम्भावना बढेको छ । लिभरपुलका फिलिप कौटिन्हो बार्सिलोना जाने पक्का भएपछि क्लबले मारेजलाई विकल्पको रुपमा हेरेको छ ।

 

अल्जेरियाका मारेजले दुई सिजन अघि लेस्टरलाई प्रिमियर लिग उपाधि जिताउन ठूलो भुमिका खेलेका थिए । यस सिजन पनि मारेज राम्रो लयमा छन् । लेस्टरबाट २४ खेल खेल्दै उनले सबै प्रतियोगितामा ८ गोल गरेका छन् ।

सिजनको सुरुवातमा मारेजलाई आर्सनलले पनि ताकेको थियो । इङ्ग्लिस पत्रिका एक्स्प्रेसका अनुसार मारेजले आजै लिभरपुलसँग मेडिकल गर्न सक्ने बताएको छ ।

विभिन्न श्रोतका अनुसार लिभरपुलले मारेजलाई ४९ मिलियन पाउन्डमा खरिद गर्न सक्ने छ । लिभरपुलले यसअघि डिफेन्डर भर्जिल भान डाइकलाई साउथह्याम्पटनबाट ७५ मिलियन पाउन्डमा किनेको थियो ।

लिभरपुल हाल प्रिमियर अंकतालिकाको चौथो स्थानमा रहेको छ भने लेस्टर आठौं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here